जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष वल्लन कबडिया कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनी जनता समाजवादी पार्टीका नेता तथा तत्कालीन सहरी विकासमन्त्री मोहम्मद ईश्तियाक राईका नजिकका पात्र मानिन्थ्ये । वडाको कामका लागि नेताहरुले दबाब दिने गरेका र पार्टीले जनताको भावनाविपरीत काम गरेकाले जनता समाजवादी पार्टी त्यागेको उनले बताए ।
‘म जनप्रतिनिधि भएपछि मैले जनताको मागअनुसार काम गर्ने हो,’ उनले भने, ‘कुनै नेता र दलको दबाब होइन ।’ काम गर्दा जनताको माग र भावनाअनुसार भन्दा नेताहरुले आफू अनुकूल गराउन खोजेको उनको आरोप छ ।
उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले प्रवेश गराए । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा आयोजित कार्यक्रममा प्रवेश गराइएको हो ।










प्रतिक्रिया दिनुहोस्