१५ दिने आधारभूत पत्रकारिता तालिम सुरु



नेपालगन्ज ।

नेपाल पत्रकार महासंघ बाँके शाखामा १५ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महाँसंघ बाँके शाखाको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा मंगलबारदेखि महासंघको हलमा तालिम सुरु भएको हो ।

तालिमको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले स्थानीय सरकारले गरेका राम्रा कामलाई प्रोत्साहन र नराम्रो काममा मिडियाले खबरदारी गर्नुपर्ने बताए ।

महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका सल्लाहकार तथा प्रेस सेन्टरका अध्यक्ष डक्टप्रसाद धिताल, प्रेस चौतारी नेपाल बाँके शाखा अध्यक्ष दुर्गा रोकाय र तालिमका प्रशिक्षक अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनालले तालिम सफलताको कामना गरे ।

तालिममा २५ जनाको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १७ गते बिहीबार