टिप्परले वृद्धलाई मारेपछि राँझा चोक तनावग्रस्त



नेपालगन्ज ।

टिप्परले किचेर वृद्धको ज्यान लिएपछि नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोक तनावग्रस्त बनेको छ ।

तीव्र गतिमा रहेको टिप्परले सुरक्षाकर्मीकै अगाडी मंगलबार बिहान सवा आठ बजेको समयमा वृद्धको ज्यान लिएको थियो ।

ट्राफिक र प्रहरीले टिप्परलाई संरक्षण गर्न खोजेको भन्दै मृतकका आफन्त र स्थानीयहरुले राँझा चोकमा अहिले प्रदर्शन गरिरहेका छन् । अहिले राँझा चोक तनावग्रस्त बनेको बताइएको छ ।

टिप्पर आंतकविरुद्ध स्थानीयहरु समेत सडकमा आएपछि अहिले थप सुरक्षाकर्मी बोलाइएको छ । उत्त, सडक खण्ड ठप्प रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १५ गते मंगलबार