ईप्रका कोहलपुर अगाडी ट्रकको ठक्करबाट तीन जना घाइते



कोहलपुर ।

ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । सोमबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए ।

उनीहरुलाई कोहलपुर प्रहरीले उद्दार गरेर उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याएको थियो । अहिले घाइते तीनै जना उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार