हामी को को कहाँनिर चुक्यौं ? समिक्षा गरौं



कोहलपुर हामी सबै हो । घर हुनेहरुको पनि हो घर नहुनेहरुको पनि हो । कोहलपुरमा बसेर जीवन निर्वाह गर्ने हरेक कोहलपुरबासीको हो । कसैले कोहलपुरलाई गाली गर्छ भने मेयर र उपमेयरलाई मात्रै गाली गरेको हुँदैन ।

हामी कोहलपुरबासीलाई पनि गाली गरिराखेको सम्झनु पर्छ । तर पदमा बसेकाहरुले बुद्धि नपु¥याउँदा सर्वसाधरणहरु पनि गाली खान बाध्य भएको कुरा भने बिर्सनु हुँदैन ।

महानन्द ढकाल ।

‘एमालेको मेयर लुट बहादुर रावतको कोहलपुर नगरपालिकामा बाटैभरि महिनौदेखिको फोहोरका थुपैथुप्रा छन् । किन होला त्यहाँ पनि काठमाण्डौको रोग सारेको ?’ भिम उपाध्यायले कोहलपुरमा छिरलिएको फोहोरको फोटो हालेर कोहलपुरलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । यो स्टाटसमा धेरैले धेरै थरिका कमेन्ट लेखे ।

कोहलपुरका केही बुद्धिजिबीहरुले त प्रतिप्रश्न मात्रै गरेनन् यो स्टाटसलाई सेयर नै गरेर भाइरल बनाउन झनै सहयोग गरे । कोहलपुर नगरपालिका र उद्योग वाणिज्य संघ कोहलपुरलाई गाली गर्दै प्रश्नहरु थुपारे ।

कमेन्टहरु पढ्दा र प्रश्नहरु हेर्दा मन चसक्क दुख्यो । यो स्टाटस मेयर लुट बहादुरको नजरसम्म पुग्यो पुगेन थाहा भएन नपुगेको भए पनि अब पुग्ला नै । कसै न कसैले पुगाउँलान् नै । तर कुरा के भने कोहलपुर मेयर लुट बहादुरको मात्रै हैन । कोहलपुर उपमेयर सञ्जु कुमारी थारु, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको मात्रै पनि हैन । कोहलपुर हामी सबै हो ।

घर हुनेहरुको पनि हो घर नहुनेहरुको पनि हो । कोहलपुरमा बसेर जीवन निर्वाह गर्ने हरेक कोहलपुरबासीको हो । कसैले कोहलपुरलाई गाली गर्छ भने मेयर र उपमेयरलाई मात्रै गाली गरेको हुँदैन । हामी कोहलपुरबासीलाई पनि गाली गरिराखेको सम्झनु पर्छ । तर पदमा बसेकाहरुले बुद्धि नपु¥याउँदा सर्वसाधरणहरु पनि गाली खान बाध्य भएको कुरा भने बिर्सनु हुँदैन ।

कोहलपुरको बारेमा लेख्न खाल्टोभित्र (काठमाण्डौ) का भिम उपाध्याय कहिले आए ? कि त कसैले फोटो खिचेर पठाइदिए ‘विषय उठान गरिदिन’ आग्रह गर्दै ? यो कुरा मलाई थाहा छैन । उनले सामाजिक सञ्जालमा पोष्ट गरेपछि चर्चा नपाउने कुरै भएन । हुन पनि गाँजा खेतीको विषयमा चर्चामा आइरहने पात्र हुन् भिम उपाध्याय । सामाजिक अभियान्ताका रुपमा धेरैले चिन्छन् उनलाई । उनको स्टाटसलाई फ्लो नगर्ने त कुरै भएन । गाली गर्न पाउने स्टाटस आएपछि कमेन्टहरुको ओइरो नलाग्ने कुरै भएन ।

यसो भनौं उनले जे देखे त्यही लेखे । फोहोर देखे फोटो खिचे स्टाटस लेखे । लेख्न र बोल्न पाउने अधिकार हामीलाई संविधानले नै दिएको छ त्यसैले किन लेखे भनेर प्रश्न गर्नु उपयुक्त पनि होइन । लेख्ने वातावरण हामीले नै बनाइ दियौं र त लेखे । उनीसँग गुनासो गर्नु र दुखेसो पोख्नुको कुनै अर्थ छैन । अब प्रश्न भिम उपाध्यायतिर होइन कोहलपुरवासी, उद्योग वाणिज्य संघ कोहलपुर र कोहलपुर नगरपालिका र यसको नेतृत्व लिएका मेयर लुट बहादुर रावत, उपमेयर सञ्जु कुमारी थारु र वडा अध्यक्ष लगायतका जनप्रतिनिधितिर तेर्सिएको छ ।

सार्वजनिक विषयमा प्रश्न उठेपछि चित्तो बुझ्दो जवाफ दिनु सरोकारवाला निकायहरुको कर्तब्य पनि हो । कर्तब्य पूरा गर्ने नगर्ने ? जिम्मेवारी बोक्ने नबोक्ने ? त्यो त उनीहरुकै कुरा भयो ।

सामाजिक सञ्जालमा लेखिएको स्टाटस पढेपछि दर्जनौं पटक कोहलपुरको वजार ओहोरदोहोर गरें हुँला । हरेक पटक कोहलपुरको बजारमा छिरलिएको फोहोरले दिनसम्मको पीडा दियो । सायद मजस्ता सयौं बटुवाहरुलाई पीडा दियो होला । कतिले गिज्याउँदै पोष्ट पनि गरे होलान् फोहोरका थुप्राहरु ? सामाजिक सञ्जाल नै फोहोर हुने गरी ।

सभ्य समाजका असभ्य नागरिक पनि भने होलान् कतिले ? करोडको घर बनाउनेहरुले सयको फोहोर संकलन गर्ने बोरा किन्न सक्दैनन् पनि त भने होलान् ? ‘देखाउने कुरा पो देखाउनु, लुकाउनु पर्ने घरभित्रको फोहोर किन बाटोमा प्रर्दशनीमा राखेका होलान् ?’ भनेर पनि त लेखे होलान् कतिले । जसले जेसुकै लेखेको भए पनि यस्ता लेखाइले कोहलपुरको इज्जत आउने कुरा भएन । फोहोरका डंगुरले सभ्यताको परिचय दिने कुरा पनि भएन ।

कोहलपुर नगरपालिकाको इज्जत जाँदा हामी कोहलपुरबासीहरुको इज्जत कसरी बच्ला ? आफैले फालेको फोहोर कुल्चदै हरेक दिन भित्र र बाहिर गर्दा अप्ठ्यारो कसलाई भएको होला ? फोहोेर गर्नेहरुलाई कि नगरपालिकालाई ? दुर्गन्धबाट बढी पीडित बाटो हिड्नेहरु भए होलान् कि फोहोर फाल्नेहरु नै ? कर तिरेपछि फोहोर व्यवस्थापन गर्नु नगरपालिकाको जिम्मेवारी हो नै ।

घरभित्रको फोहोर बाटोमा प्रर्दशन गराउनु हाम्रो कर्तब्यभित्र पर्छ कि पर्दैन ? कर तिरेका छौं भन्दैमा सहरलाई अस्तब्यस्त बनाउने अधिकार कसैलाई छ र ? नगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्न त सकेन, हामीले पनि त हाम्रो कर्तब्य पूरा गर्न सकेनौं । अर्काको टाउको माथि दोष थुपारेर हामी चोखो बन्न सक्छौं र ? आपूmले फालेको फोहोरले आफैलाई जिस्काएको मेलोमेसो नपाउने हामी कहाँसम्मका बुद्धिमानी ? हामी कहाँसम्मका विवेकसील ?

चेतना ठूलो कुरा रहेछ । नागरिक चेतनशील हँुदासम्म समुन्नत समाजको परिकल्पना केवल कल्पनामा मात्रै सिमित हुने रहेछ । हामीले सुन्दर कोहलपुरको परिकल्पना गरेको पनि धेरै भइसक्यो । गाउँ विकास समितिबाट नगरपालिका बनेपछि हाम्रा कल्पनाहरु महत्वाकांक्षी बनेका थिए । हामीले हाम्रो शहरलाई युरोप अमेरिकाका शहरसँग कल्पना गर्न थालेका थियौं ।

हरेकको घर आँगनमा हरिया रुख, सडकपेटीमा सुन्दर गमला, गमलामा फुलेका रङ्गीन पूmलहरु, युवा, बृद्ध र बालबालिकाहरुका लागि सुन्दर बाटिकाहरु, अन्तराष्ट्रिय खेलाडीहरुलाई भित्राउने अन्तराष्ट्रिय खेल मैदान, आवश्यकता अनुसारका आकाशेपुलहरु, बजारको उत्तरमा रहेको सामुदायिक बनमा सुन्दर चिडियाखाना, डुडुवा खोलाको दुबै किनारामा हरित पेटीसहितको बोटिङ स्थल, कोहलपुर रिङरोड, चपरगौडी घुइयाबारी जोड्ने अन्तर प्रदेशीय राजमार्ग, सुन्दर बसपार्क, कोहलपुर हेर्ने दृश्यस्थल, शैक्षिक र स्वास्थ्यमा कोहलपुरलाई कर्णाली र सुदुरपश्चिमको केन्द्रबिन्दु बनाउने जस्ता सपनाहरु हामीले देखेका सपनाहरु थिए ।

हो हामीले सपनाहरु देख्यौं । सपना देख्न पाउनु हाम्रो अधिकार हो । हामीले सपना देखेर गल्ती गर्याैं भन्ने पटक्कै लागेको छैन । हाम्रा सपनाहरुलाई झनै महत्वाकांक्षी हरेक चुनावहरुले बनाउँदै गए । हरेक पाटीका उम्मेदवारहरुले बनाउँदै गए । हामी आसै आसमा फुरुङ्ग बन्दै गयौं । हरेक पार्टीका घोषणा पत्रहरु पढेर मख्ख बनौं ।

एक सचेत नागरिकको हैसियतले हरेक पार्टीका चुनावी घोषणपत्रहरु अध्ययन गर्नु स्वभाविकै पनि हो । जनप्रतिनिधिहरुको कार्यकाल सकिदै गर्दा घोषणापत्रमा लेखिएका कुराहरु पूरा भए वा भएनन् भनेर खोजीनीति गर्नुलाई अन्यथा मान्ने कुरा पनि त भएन । स्थानीय चुनाव होस् वा प्रदेशको या त संघको नै, सबै दल र उम्मेदवारहरुले हामी गर्छौ, हामी सक्छौं भनेर प्रतिबद्ध जनाएका थिए । नगर्ने र नसक्ने भन्ने कोही निस्किएनन् त्यतिबेला ।

चुनाव जित्नेहरुले के कति पुरा गरे त्यसको हिसाव किताव होला नै । हारे पनि जिते पनि कोहलपुरको विकासमा खटिनेछु भनेर जनतासामु गरेको प्रतिबद्धता हरेक उम्मेदमरहरुले के कति पूरा गरे ? कि त जित्नेले गर्ने हो हार्नेले हेर्ने हो भनेर रमिते मात्रै बनीरहे ? कोहलपुरलाई समुन्नत बनाउन, आफ्ना घोषणा पत्रमा उल्लेख गरिएका सामाजिक दायित्य पूरा गर्न सके कि सकेनन् ? नगरपालिकाले ल्याएका योजनाहरुमा हातेमालो गर्न सके कि सकेनन् ? कोहलपुरबासीको शिक्षा र स्वास्थ्यका लागि के कस्तो योगदान दिन सके ? कोहलपुरको सौन्र्दयता बढाउन के कति पहल गरे ? कि त आजभोलि देखिएको फोहोरको डंगुर हेरेर चुपचाप हिडे जस्तै हिडिरहे ? हरेक विकासका क्षेत्रमा के कति सहभागी बन्न सके वा सकेनन् ? कतै हाम्रो जिम्मेवारी होइन भनेर पन्छिने काम त गरेनन् ? जनताको मनमा अनेक प्रश्नहरु खेलिरहेका छन् । यी यस्तै प्रश्नहरु नै मुल्याङ्कनका आधारहरु हुन् । जित्नेहरुको मुल्याङ्कन त हुन्छ नै, उम्मेदवार बनेर हार्ने बित्तिकै दुला पस्नेहरुको पनि मूल्याङ्कन गर्ने बेला अब नजिकै नजिकै आइसकेको छ ।

स्थानीय चुनावपछि धेरैले भनेका थिए कोहलपुर निकै भाग्यमानी छ । एक परिपक्क मेयर र एक अध्ययनशील, युवा र उर्जावान उपमेयर पायो कोहलपुरले । मेयर लुट बहादुर रावत र उपमेयर सञ्जु कुमारी थारु दुबैसँग कम चुनौति र अधिक अवसरहरु थिए । गत स्थानीय चुनावले मेयरलाई सधैंको नगरपिता बन्ने अवसर दिएको थियो भने उपमेयरलाई क्षमता प्रर्दशन गरेर राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने अवसर दिएको थियो । यो ‘सुनौलो अवसरको सदुपयोग गर्न सक्यौं वा सकेनौं’ भन्ने समीक्षा त मेयर र उपमेयरबाट होला नै नगरवासीले भने गम्भीर तरिकाले मूल्याङ्कन गर्न थालिसकेका छन् जस्तो लागेको छ मलाई भने ।

हुन सक्छ नगरले गरेका कमिकमजोरीहरुको दोष मेयरले उपमेयरलाई र उपमेयरले मेयरलाई दिएर पन्छिने प्रयास हुन सक्छ किनकि हामी यही संस्कारबाट हुर्कदै आएका छौ । नगरवासी र अन्य जनप्रतिनिधिहरुको असहयोगले काम गर्न कठिन भयो भनेर टाउको जोगाउने कोसिस पनि हुन सक्छ अरुलाई दोष दिएपछि आफ्नो कर्तब्य पूरा भएको सम्झन्ने परम्परा हाम्रो नयाँ कहाँ हो र ? बरु हामी यो बुझ्दैनौं जनता पनि केही सचेत छन् । मूल्याङ्कन गर्न सक्षम छन् । थोरै धेरै राजनीतिमा चासो राख्छन् र केही बुझेर बसेका होलान्् ।

नबोल्नु भनेको नबुझ्नु पटक्कै होइन । जनताले ‘काम गर’ भनेर नै संघ र प्रदेशका सांसद, स्थानीय तहका मेयर उपमेयर लगायतका जनप्रतिनिधिहरु चुनेर पठाएका हुन् । प्रतिनिधि भएर पनि काम गर्न नसक्नु, समन्वय र सहकार्य गर्न नसक्नु, नगरवासीबाट सहयोग लिन नसक्नु र सम्बन्धित ठाउँमा पहँुच पु¥याउन नसक्नु जनताको कमजोरी होइन । जनताले त छानेर पठाए । प्रतिनिधिहरुमाथि लगानी गरे । लगानी अनुसारको प्रतिफल जनप्रतिनिधिले दिन सके सकेनन् त्यो नै महत्वपूर्ण कुरा हो । त्यो नै मूल्याङ्कनको विषय हो । समीक्षा गर्ने भनेकै यसैबाट हो ।

स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरिएको छैन । निर्वाचित सबै सत्तापक्ष नै हुन् । मेयर, उपमेयर लगायतका जनप्रतिनिधिहरु सबै सत्तापक्षका हुन् । नगर सपारे सबैले सपारेको ठहर्छ, जस पाउने सबैले हो । बिगारे सबै प्रतिनिधिहरुले बिगारेको ठहर्छ । लड्न, भिड्न र सेवा सुविधामा वार्गेनिङ गर्न जनताले मत दिएका थिएनन् । कमजोर प्रतिनिधि छानिएछ त्यसैले सपार्न सकेनन् भन्नु भन्नुको बिकल्प रहदैन । कार्यसफलताको आधारमा निर्वाचित जनप्रतिनिधिहरुमाथि योग्य र अयोग्यको प्रश्न खडा हुने गर्दछ । हुन त राजनीति झुटको खेती हो, लागेको बानी कहाँ जानी ? यो र त्यो भनेर झुटको बीउ छर्न सुरु भइसकेको छ ।

कोहलपुर साँच्चिकै भाग्यमानी सहर हो । धेरैले भन्ने गरेको कुरा हो यो । मलाई पनि यस्तै लाग्दछ । यहाँको धरातल, हावापानी, वस्तुस्थिति, प्राकृतिक स्रोत र साधनको उपलब्धता र राजनीति हेर्दा हो जस्तो पनि लाग्छ । यहाँको स्थानीय तह कहिल्यै पनि केन्द्रिय सरकारको विपक्ष दलको स्थानीय तहका रुपमा रहनु परेको छैन । यो पाँच वर्ष त झन सधैँ सत्ताको नजिक रह्यो । हामीले देखेको यस्तै हो । हामीले बुझेको पनि यही हो । के पी सरकार हुँदा मेयरको पार्टीको सरकार थियो ।

संघीय सांसद सत्तामा थिए र अहिले पनि सत्ता मै छन् । आजभोलि मेयरको पार्टी सत्तामा छैन । शेरबहादुरको सरकार छ जुन सरकार उपमेयरको आफ्नै पार्टी हो । यसै क्षेत्रका संघीय सांसद सत्तामा मात्रै होइन आजभोलि त महत्वपूर्ण मन्त्रालयमा पुगेका छन् । पहुँचको हिसावले कोहलपुर सत्ताको वरिपरि नै छ । चाहे हिजो होस् वा आज । यस्तो अवस्थामा कोहलपुरले के ग¥यो र के गर्न सकेन भन्ने कुरा एक सचेत नागरिकले सजिलै मूल्याङ्कन गर्न सक्छ ।

हिजोका दिनमा मेयरले गर्न नसकेका कामहरु उपमेयरले गरेर देखाउने बेला पनि हो यो । प्रदेश मन्त्रीले देखाउन नसकेको प्रभाव संघीय मन्त्रीले देखाउन सक्नुपर्छ । आफ्नै सरकार र आपूm नै मन्त्री हुदाँ गर्न नसकेको काम अरु बेला कसरी गर्न सकिएला ? यो अवसरलाई संघीय मन्त्री र जनताले आसा गरेकी उपमेयरले सदुपयोग गरेर असल नेताको चिनारी दिन सक्नुपर्छ । समयलाई दोष दिएर पन्छिनु हुँदैन । गर्नेको लागि धेरै दिन आवश्यक पर्दैन । सिस्टम मात्रै बसाल्दिन सके सिस्टमले सबै गर्छ । सँधै र सबै ठाउँमा आपूm नै हुनुपर्छ भन्ने पनि छैन । यस्तो अवसर सधैँ र सबैलाई कहाँ आउँछ र ?

संघ र प्रदेशको मूल्याङ्कन पाँच सात महिनापछि गरौँला । केही दिनहरु बाँकी छन् संघ र प्रदेशलाई मूल्याङ्कन गर्ने । परीक्षाको घडीमा नै छन् संघ र प्रदेशका सांसदहरु पनि । तर यो समय स्थानीय जनप्रतिधिहरुको मूल्याङ्कन गर्ने समय हो । न्यायधिस बनेर दुधको दुध र पानीको पानी छुट्याउने समय हो । पाँच वर्षमा गर्न सके नसकेका कामहरुको समीक्षा गरेर औंला ठड्याउने बेला हो । जनताप्रतिको इमान्दारिता र बहन गरेको कर्तब्यलाई मूल्याङ्कन गरेर ताली वा गाली दिने बेला हो ।

कोहलपुरले यो पाँच वर्षमा के ग¥यो ? के गरेन ? भन्ने चासो धेरैमा रहेको छ । इमान्दार जनप्रतिनिधिहरुले आफ्नो कार्याकालको अन्तिम चरणमा आपूmले गरेका प्रतिबद्धताहरु पूरा गर्न सके नसकेको कुरा जनताका बीचमा सार्वजनिक गर्लान् नै । उनीहरुले भनेको ठीक वा बेठीक त्यसको मूल्याङ्कन गर्न पनि जनताहरुले आवश्यक सूचना तथा जानकारीहरु लिनु जरुरी छ ।

लहैलहैको पछि नलागेर पहिलो निर्यणदेखि अन्तिम निर्णयसम्मको समीक्षा गर्नु जरुरी छ । कार्यान्वयनका पाटाहरु खोतल्न जरुरी छ । जनप्रतिनिधिहरुले आजसम्म जे जति गरे राम्रो नराम्रो जे गरेर भएपनि पाँच वर्ष पूरा गरे उनीहरुले गर्ने काम सकियो अब काम गर्ने पालो जनताको हो । सही मूल्याङ्कन गर्ने काम जनताको हो । हिसाबकिताब गर्ने काम जनताको हो ।

कोहलपुरको स्थानीय तह सम्झदै गर्दा सुरुमै सार्वजनिक गरिएको ‘गुट्का मुक्त कोहलपुर’ को सम्झना आउँछ । यो महत्वपूर्ण निर्णयको बेच्ने र खानेहरुले राम्रैसँग उपहास गरे । नगरपालिका खरो उत्रन सकेन । व्यापारी संघ सस्थाहरुले आफ्नो कर्तब्य सम्झिएनन् । नगरपालिकाको काम भनेर पन्छिए । पुलिस प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन ।

यो निर्णयमा जनप्रतिनिधिहरु पूर्णरुपमा असफल भए । कोहलपुरका लागि निकै महत्वपूर्ण निर्णय थियो ‘हरित कोहलपुर’को नारा । बजारको एकछेउबाट सुरु भएको अभियान अर्को छेउमा नपुग्दै असफल भयो । घरघरमा गमला र पूmल पु¥याइयो । गमला फुटाइयो । कसैले पूmलका टाउका निमोठे कसैले उखलेर आफ्नो बगैचामा पु¥याए । आपूmलाई समाजसेवी भन्ने केही स्वनामधारी समाजसेवीहरुले नगरपालिकाले राखेका गमलाहरु अटोमा राखेर ओसार पसार गरेको पनि देखियो । गमला र पूmल नगरपालिकाले उपलब्ध गराएपछि पानी हाल्ने र ‘संरक्षण गर्ने जिम्मा हाम्रो हो’ भन्नेसम्म पनि बुझ्न सकेनन् सभ्य सहरका केही असभ्य नागरिकहरुले ।

कुनै बेला सफा कोहलपुरका नामले परिचत कोहलपुरको हालत माथि नै उल्लेख भइसकेको छ । हप्तौं भयो फोहोर नउठेको । फोहोरको डङ्गुरमा राजनीति गर्न खोज्दै छन् स्वनामधारी अगुवाहरु । घरभित्रको फोहोर बाटामा फाल्नेहरुले नै सामुदायिक वनको एक कुनामा व्यवस्थित तरिकाले फाल्न दिइरहेका छैनन् । फोहोर व्यवस्थापन गर्ने सरकारी जग्गामा नै हो । सरकारी जग्गाहरुलाई यो वा त्यो नाममा आफ्नो कब्जामा राखेका छन् । नगरपालिकालाई असफल गराउन खोज्दा आफ्नै धोती फुत्किएको मेसो पाएका छैनन् अगुवाहरुले ।

प्लाष्टिक र गुट्काका खोलहरुले सहर कुरुप बनीसकेको छ । सार्वजनिक स्थलहरु लथालिङ्ग र भताभुङ्ग देखिन थालेका छन् । सडकपेटी हुँदै फोहोरको रास घरभित्र पस्न थालिसकेको छ । आफ्नो घरको फोहोर उठाउन नगरपालिका वा सामाजिक संघ संस्था आउलान् भनेर कुरेर बसेको देखिन्छ नगरवासीहरु । फोहोर गर्नेहरुले नै फोहोरको व्यवस्थापन नगर्दासम्म फोहोरमा राजनीति चलि नै रहने देखिन्छ ।

कोहलपुर नगरपालिकाकाले कोहलपुरलाई रुपान्तर गर्नका लागि ‘गेम चेन्जर प्रोजेक्ट’ का नाममा दर्जन बढी योजनाहरु अगाडि सारेको
थियो । वार्षिक तथा बहुवर्षीय योजनाका रुपमा ती आयोजनाहरुलाई नगरपालिकाले गौरवका आयोजनाका रुपमा परिभाषित गरेको थियो । स्थानीय सरकारको लगानी, प्रदेश तथा संघीय सरकारको समेत सहयोगमा निर्माण गर्नेगरी नगरपालिकाले अघि सारेका ‘गेम चेन्जर प्रोजेक्ट’का रुपमा रहेका योजनाहरु केही पूरा हुने तयारीमा रहेको देखिन्छ भने कतिपय योजनाहरु अलपत्र परेका छन् । डीपीआर बनेर रहेका महत्वपूर्ण आयोजनाहरु आफ्नै सत्ताको नजिक र यसै क्षेत्रका मन्त्री पाउँदा समेत अलपत्र परेका छन् ।

कोहलपुर नगरपालिकाका चौध ‘गेम चेन्जर प्रोजेक्ट’ मध्ये एक हो,चप्परगौडी घुइयाँबारी अन्तरप्रदेश सडक । यो सडकका लागि चालू आ.व.मा तीन करोड रुपैयाँ निकासा भएको भन्ने सुनिएता पनि यसकोे निर्माण कार्यको सुरुवात भइसकेको छैन ।

‘एक वडा एक कालोपत्रे सडक’ कार्यक्रम अन्य आयोजना भन्दा केही सफल आयोजना रहेको पाइन्छ । यो आयोजना अन्र्तगत विभिन्न वडामा सडक निमार्ण भएको पाइन्छ । सबै वडाका वडा कार्यालयका भवन निर्माण गर्ने योजना लगभग पूरा भएको देखिन्छ । कोहलपुरका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रमार्फत सेवा सञ्चालन गने योजना अर्को महत्वपूर्ण योजना थियो जुन पूरा हुने क्रममा रहेपनि, पन्ध्र शैथ्याको आधारभूत अस्पताल र पच्चिस शैथ्याको बाल अस्पताल निमार्णका कामहरु अधुरा देखिन्छन् ।

अन्र्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरको गौरवको आयोजनाका रुपमा रहेको छ । नगरपालिकाले अहिलेसम्म एक करोड लगानी गरेको भनिए पनि गौरव गर्ने ठाउँ छैन । जे जति हुनु पथ्र्यो त्यति हुन सकेको छैन । यही क्षेत्रका संघीय सांसद वर्तमान सरकारका युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माणको शिलान्यास गरेका थिए ।

काम नै सम्पन्न भए जसरी खुसी मनाएका कोहलपुरवासीहरु शिलान्यासमै चित्त बुझाउन बाध्य भएका छन् । निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । कोहलपुरमा आधुनिक बधशाला, विद्युतीय शवदाह गृह निर्माण, ढल, फोहोरमैला तथा दिशाजन्य पदार्थ प्रशोधन केन्द्र, सिटी हल, कवर्डहल, कोहलपुरका न्युरोड, साझाचोक र त्रिभुवन नमुना मावि नजिकै आकाशे पुल निर्माण, आदि आयोजनाहरु डीपीआरमा मात्रै सिमित छन् ।

डीपीआर मात्रै तयार हुनुलाई कसरी विकास मान्न सकिन्छ ? काम पूरा भएर उपयोग वा उपभोग गर्न नपाउँदासम्म कसरी विकासको अनुभूति गर्नु ? विकास पूरा हुन नसक्नु नगरपालिकाको कमजोरी त हो नै । समय र सामथ्र्यलाई नबुझ्नु र सानातिना निर्णयहरुलाई समेत प्रतिष्ठाको विषय बनाएर अवरोध र बहिस्कार गर्ने संस्कार बसेकोले पनि कोहलपुरले फड्को मार्न नसकेको कुरा कहीँ कतैबाट लुकेको छैन ।

समन्वय गर्न नसक्नु र आयोजनाहरुलाई प्राथमिकीकरण गर्न नसक्नु कोहलपुर नगरपालिकाको सिङ्गो टिमको कमजोरी हो नै । उसका साथै सरकारका महत्वपूर्ण आयोजनाहरु आफ्नो क्षेत्रमा पार्न नसक्नु र स्थानीय तहले महत्वपूर्ण आयोजना मानेर तयार पारिएको डीपीआर अनुसारको वजेट पार्न नसक्नु प्रदेश र संघीय सांसदको समेत कमजोरी देखिन्छ ।

पछिल्लो समय सधैं चर्चामा दीर्घकालसम्म प्रत्यक्ष देखिने आयोजना अन्र्तगत रहेको आधुनिक भ्युटावरसहितको घण्टाघरको निर्माण कार्यले तिब्रता पाएको छ भने चौराहाको दक्षिणतर्फ रहेको पाँच विगाहा जग्गामा निर्माणाधिन आधुनिक लामोदुरीको बसपार्कको काम रातदिन नभनेर चालू रहेको देखिन्छ । यही गतिमा सुरुका वर्षहरुदेखि नै विकास निमार्णका कामहरु भइदिएको भए कोहलपुरको मुहार आजको जस्तो पक्कै हुदैनथ्यो । फोहरका डङ्गुरहरु यत्रतत्र छिरलिने थिएनन् । डुडुवा खोला दुर्गन्धित खोलामा परिणत हुने थिएन । बजारमा सजाइएका गमलाहरु घरभित्र पु¥याइने थिएनन् । पलाष्टिक र गुट्काका खोलहरु बाटो छेक्न अगाडि सर्ने थिएनन् ।

काम अनुसारको प्रतिफल आउनु स्भाविकै हो । कोहलपुरको विकासमा प्रमुख राजनीतिक तीन दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रको उत्तिकै हात रहेको देखिन्छ । विकासको जस र अपजस जनप्रतिनिधिहरु र यी तीनै ओटा प्रमुख पाटीहरुले लिनु पर्दछ । स्थानीय तहदेखि केन्द्रसम्म कतै न कतै यी तीनै ओटा दलहरुको सहभागिता र सहकार्य रहदै आएको पनि छ । नगर हाम्रो हो । हाम्रोलाई राम्रो बनाउनु नगरवासीको कर्तब्य हो । हामीले खोजेको र सोचेको के भयो के भएन ?

हामीले विजयी बनाएर पठाएका जनप्रतिनिधिहरुले हाम्रो भावना बुझ्न सके सकेनन् ? आफ्नो जिम्मेवारी पूरा गर्न सके सकेनन् ? आफ्ना प्रतिबद्धताहरु पूरा गर्न सके सकेनन् ? अब एकएक हिसाव किताव गर्ने बेला आएको छ । आगामी निवार्चनहरुमा हाम्रो भन्दा राम्रो रोजौं । योग्य, सक्षम, कर्मठ र बौद्धिक प्रतिनिधिहरुलाई छनौट गरेर हाम्रो गाउँ ठाउँलाई राम्रो बनाउन हातेमालो गरौँ ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार