रत्न राजमार्गको हर्रे नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । सुर्खेतको छिन्चुदेखि कोहलपुर आउँदै गरेको मोटरसाइकल हर्रेको चेकपोस्ट नजिकै शुक्रबार राति दुर्घटना भएको हो ।
भेरिगंगा नगरपालिका– ४ को हर्रे चेकपोस्ट नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । लु ८० प ८४९३ को मोटरसाइकल शुक्रबार राति एघार बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
ईलाका प्रहरी कार्यालय छिन्चुकाअनुसार मृत्यु हुनेमा भेरिगंगा नगरपालिका– १० घारीवनका २० वर्षीय रविन सिंजाली र १७ वर्षीय योगेश बुढा रहेका छन् । नेपाल प्रहरी र नेपाली सेनाले दुर्घटनास्थलबाट दुबै जनाको शव निकालेपनि मोटरसाइकल भने हर्रेको भीरमा नै रहेको छ ।
ओभरस्पीडका भएका कारणले भीर नजिकैको टर्निङ्गमा मोटरसाइकलको हेन्डिल मोड्न नसकेर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
शनिबार बिहानमात्र यात्रुहरुले मोटरसाइकल भीरबाट खसेको देखेपछि हर्रेस्थित नेपाली सेनाको चेकपोष्टलाई खबर गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्