पूर्वी युक्रेनमा गोलीबारी हुँदा मन्त्री र पत्रकारको भागाभाग



एजेन्सी ।

युक्रेनको पूर्वी भागमा रुससमर्थक लडाकूहरूले गरेको गोलीबारीका कारण देशका गृहमन्त्री र पत्रकारहरू सुरक्षित स्थानतर्फ भागेका छन् ।

गृहमन्त्री, सांसद र पत्रकारहरू युक्रेनको अग्रपंक्ति मोर्चामा पुगेका थिए । विद्रोही पक्षले बम प्रहार गरिरहेको भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देखाउन युक्रेन सरकारले उक्त भ्रमण गराएको थियो ।

भ्रमणमा रहेको टोलीमाथि मोर्टार र आर्टिलरी प्रहार भएको थियो । केही मोर्टारहरू जम्मा ३०० मिटर पर पुगेका छन् ।

उनीहरू आफ्नो कार र सेनाको सशस्त्र वाहनले छेकिनका लागि दौडेका थिए । रेडियो लिबर्टीको युक्रेनी सेवाका संवाददाता मारयान कुशनिरले भिडियो खिचेका थिए ।

उनले ‘तल बस, तल बस… कुद, कुद, कारतिर जाऊ, जाऊ’ भनेका थिए । कुशनिरले क्यामरालाई हेरेर भन्छन्, ‘अहिले हामी गृहमन्त्रीसँग छौं र उनीहरूले मोर्टार प्रहार गर्न थालेका छन् जुन तपाईंले देखिरहनुभएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ८ गते आइतबार