इथियोपियाको शरणार्थी शिविरमा आक्रमण गरी ५ जनाको हत्या, महिला अपहरण



एजेन्सी ।

उत्तरी इथियोपियाको अफर क्षेत्रमा शुक्रबार एक सशस्त्र समूहले गरेको आक्रमणमा परी कम्तीमा ५ शरणार्थीको मृत्यु भएको छ।

झडपका क्रममा एक सशस्त्र समूहले छिमेकी इरिट्रियाबाट आई शरणार्थीका रूपमा शिविरमा बसेकाहरूविरुद्ध आक्रमण गरेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ।

राष्ट्रसंघका अनुसार घटनामा ५ जनाको मृत्यु भएको छ भने हजारौं शरणार्थी शिविरबाट विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सशस्त्र पुरुषहरूको एक समूहले फेब्रुअरी ३ मा टिग्रेसँगको सीमा नजिकैको बहरेल शिविरमा आक्रमण गरेपछि ‘कम्तीमा पनि ५ शरणार्थी’ को मृत्यु भएको छ।

त्यस्तै आक्रमणकारी समूहले केही महिलालाई अपहरण गरी लगेको बताइएको छ। रासस/एएफपी

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार