17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

लोकप्रिय अभिनेत्री रेखा थापाले गरिन् दोस्रो विवाह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २, २०७८  

काठमाण्डौँ : अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् । उनले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग विवाह गरेकी हुन् । १ वर्षदेखि चिनजानको दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।

रेखाले अदालतमा दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् । ‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निणर्य गरेका हौँ । यसलाई जीवनको प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु’ रेखाले रमाईला छ डटकमलसँग भनिन् । बलराम शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् । बलराम शाही इजरायलमा बसोबास गरिरहेका छन् । उनी पर्यटन व्यवसायी हुन् ।

रेखाको पहिलो विवाह निर्माता छविराज ओझासँग भएको थियो । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । रेखाले केही समय पहिलेदेखि विवाहको मुडमा रहेको संकेत गरेकी थिइन् । हिरो फिल्मबाट अभिनयसुरु गरेकी उनले करिब डेढ सय बढी फिल्महरुमा अभिनय गरेकी छिन् । रेखा राप्रपा पार्टीसँग आबद्ध छिन् । गएको महाधिवेशनमा रेखा महामन्त्रीमा पराजित भइन् । रेखा र बलराम बैबाहिक जीवनको शुभकामना ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २, २०७८     6:26:24 PM  |