कोहलपुर ।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२ “लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो ।
नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन् । त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएको दिन संविधान दिवस असोज ३ गते मनाइन्छ । सोही अनुसार कोहलपुरमा पनि संविधान दिवसको अवसरमा वृक्षारोपन गरिएको छ ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले रुद्राक्षको विरुवा रोपेर उद्घाटन गरेका थिए । कोहलपुर नगरपालिकाको परिसरमा ५० वटाभन्दा बढि बृक्षारोपन गरेको वातावरण तथा विपद् व्यस्थापन इकाई प्रमुख पुरुषोत्तम पोख्ररेल बताए ।
रुद्राक्ष, अमला र हजारी लगायत अन्य विरुवाहरु समेत बृक्षारोपन गरिएको बताए । यस्तै बृक्षारोपन कार्यक्रममा पशु शाखाका प्रमुख गोविन्द रोकाय, कृषि शाखाका प्रमुख चन्द्र बुढा, सामाजिक विकास शाखाका प्रमुख दिल बहादुर परियार, वडा अध्यक्ष, वडा सचिव तथा कर्मचारी लगायतको उपस्थित रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्