बाँके कांग्रेस जिल्ला अधिवेशन फागुन १३ गते



कोहलपुर ।

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका बाँकेसहित १३ जिल्लामा फागुन १३ गते अधिवेशन हुने भएको छ । शुक्रबार बसेको नेपाली कांग्रेस निर्वाचन समितिको बैठकले जिल्ला अधिवेशनको नयाँ मिति तोकेको हो ।

यसअघि माघ १५ गतेका लागि तय भएको जिल्ला अधिवेशन कोरोना महामारी बढेपछि स्थगित गरिएको थियो । त्यसअघि पुस २७ का लागि तोकेको जिल्ला अधिवेशन राष्ट्रियसभा निर्वाचनका कारण सारेर माघ १५ मा तोकिएको थियो ।

अधिवेशन बाँकी रहेका जिल्लाभित्रका निर्वाचन क्षेत्र र वडा अधिवेशन भने माघ १० भित्रै सक्न निर्वाचन समितिले निर्देशन दिएको छ । बाँकेमा निर्वाचन क्षेत्र र वडा अधिवेशन भने यसअघि नै सम्पन्न भइसकेको थियो ।

मधेस प्रदेशका ८ जिल्ला सहित चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, सुर्खेत, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार