20 June 2024  |   बिहिबार, असार ७, २०८१

धम्बोझीका युवकको अपहरणपछि हत्या गर्ने शौभाग्य ११ वर्षपछि पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २२, २०७८  

नेपालगन्ज ।

बाँकेको नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगन्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाइ हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले झन्डै एघार वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरी नेपालगन्ज ल्याउँदै गरेको बताए ।

२०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पुर्‍याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धन बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।

उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो ।

हत्यामा संलग्नमध्ये दुई जना जेल मुक्त भइसकेका छन् । पक्राउ परेका शौभाग्य मल्लको मुद्दा भने मुलतवीमा छ ।

www.ekantipur.com

प्रकाशित मितिः शनिबार, माघ २२, २०७८     10:31:00 AM  |