20 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँकेको परुवा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८  

कोहलपुर ।

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकजनाको मृत्यु भएको छ ।

लु ७६ प ९०९१ नम्बरको मोटरसाइकलमा बिहीवार राती पौने १० बैजापुरबाट नेपालगञ्ज आइरहेका प्रशान्त थारुको दुर्घटनामा परेर मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत परुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थारुको नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा शुक्रवार बिहान करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८     8:33:40 PM  |