होटल साहुनी आफ्नै कोठामा मृत फेला



पाल्पा ।

पाल्पाको एक होटलकी साहुनी आफ्नै सुत्ने कोठामा मृत फेला परेकी छन् । जिल्लाको वगनासकालि गाउँपालिका–१ घेराबन्दस्थित ‘होटल द पिसपोईन्ट’की साहुनी ४० बर्षीया शोभा महर्जन मृत फेला परेकी हुन् ।

बुधवार साँझ सोही होटलको आफू सुत्ने कोठामा खान खाई सकुशल सुतेकी उनी अर्को दिन बिहान मृत फेला परेको पाल्पाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार मृतकका श्रीमान बिशाल भट्टराई माघ १७ गते देखि व्यक्तिगत कामले बुटवल गएका थिए । घटनाको जानकारी प्राप्त हुन साथ उनी बिहीबार साढे १२ बजेतिर घर फर्किएका छन् ।

मृतकका एक छोरा सोही स्थानमा रहेको घर मै भएको प्रहरी निरीक्षक पचभैयाले बताए । घटनाको अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार