कर्णालीमा हिमपात, सल्यानमा चट्याङ लागेर महिलाको मृत्यु



सल्यान ।

सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका-७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चट्याङ लागेर भएको थप क्षतिको विवरण आएको छैन । सल्यानमा बिहीबारदेखि चट्याङ र वर्षा भएको थियो ।

कर्णाली प्रदेशका जिल्लाहरूमा आज पनि वर्षा भइरहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार