20 June 2024  |   बिहिबार, असार ७, २०८१

पेट्रोलिम पदार्थको फेरी मूल्य वृद्धि, पेट्रोल लिटरमा १४२ पुग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८  

कोहलपुर ।

नेपाल आयल निगमले फेरि पेट्रोलिम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार मध्यरातिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ वृद्धि गरिप्रतिलिटर १४२ रुपैयाँ पु¥याइएको छ ।

यस्तै डिजेल र मट्टितेलमा पनि तीन रुपैयाँ वृद्धि भएर १२५ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । मूल्य ११६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले बढाइएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । मूल्य समायोजन गर्दा पनि निगम घाटामा रहेको सहप्रवक्ता पुस्कार कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७८     8:50:47 PM  |