20 June 2024  |   बिहिबार, असार ७, २०८१

उत्तर कोरियाद्वारा सन् २०१७ पछियताकै ‘सबैभन्दा ठूलो क्षेप्यास्त्र’ परीक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १७, २०७८  

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट बिहान क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको बीबीसीमा उल्लेख छ ।

यो महिनामा उत्तर कोरियाले प्रहार गरेको यो सातौँ क्षेप्यास्त्र हो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ ।

तर उत्तर कोरियाले यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले परमाणु परीक्षणको विरोध गर्दै आएका छन् ।

प्रकाशित मितिः सोमवार, माघ १७, २०७८     12:28:05 PM  |