13 June 2024  |   शुक्रबार, असार १, २०८१

दैलेख र जाजरकोटका दुई किशोरी बलात्कृत, दुई युवक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १५, २०७८  

सुर्खेत ।

दैलेख र जाजरकोटमा दुई किशोरी बलात्कृत भएका छन् । प्रहरीका अनुसार १८ र १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

दैलेखको दुल्लु नगरपालिका-१२ का २३ वर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका-९ का १८ वर्षका रमेश खड्कालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार सुनारमाथि ११ पुसमा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ, भने खड्कालाई १८ वर्षीया किशोरीमाथि गत पुस १२ गते करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको साहले बताएका छन् ।

प्रकाशित मितिः शनिबार, माघ १५, २०७८     8:28:52 PM  |