लुम्बिनी प्रदेशमा खाली रहेका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खुल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशमा खाली रहेका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए ।
एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खुल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् ।
शर्माले चार हजार तीन सय ४४ मतभार प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले ती हजार तीन सय ७८ मत पाए । त्यस्तै महिलातर्फकी उम्मेदवार गैरेले चार हजार तीन सय ७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले तीन हजार तीन सय १२ मतभार प्राप्त गरिन् ।
दलिततर्फ विश्वकर्माले चार हजार तीन सय ५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले तीन हजार तीन सय ४८ मत प्राप्त गरे । निर्वाचनमा प्रदेशसभा सदस्य एक बराबर ४८ र स्थानीय तहतर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको थियो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा कुल दुई सय ९६ मतदातामध्ये दुई सय ९४ मत खसेको थियो ।
स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय १३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो । यस्तै कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका थिए ।
राष्ट्रियसभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदय बोहरा विजयी भएका छन् ।
प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीका अनुसार निर्वाचित गुरुङले दुई हजार नौ सय ७०, विष्ट र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरे । तीन मत बदर भएका थिए । यस्तै पराजित एमालेका गंगा थापा महतले एक हजार चार सय १६, पदमबहादुर माझीले एक हजार तीन सय ९८ र चूडामणि शर्मा एक हजार चार सय १६ मत मात्र प्राप्त गरे ।
निर्वाचनमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र एक सय ५६ पालिका पदाधिकारीमध्ये एक सय ५५ जनाको मत खसेको थियो । शर्मा चार हजार तीन सय ४४ मतभार प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले तीन हजार तीन सय ७८ मतभार पाए ।
त्यस्तै महिलातर्फकी उम्मेदवार गैरेले चार हजार तीन सय ७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले तीन हजार तीन सय १२ मतभार प्राप्त गरिन् । दलिततर्फ विश्वकर्माले चार हजार तीन सय ५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले तीन हजार तीन सय ४८ मत प्राप्त गरे ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा कुल दुई सय ९६ मतदातामध्ये दुई सय ९४ मत खसेको
थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय १३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका हुन् । खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाएका थिए ।
स्थानीय तहतर्फ कूल एक सय ७५ मध्ये मिश्रले एक सय चार मत र ६९ भट्टले मत प्राप्त गरे । स्थानीय तहतर्फ दुई मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ एक सय पाँच मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका थिए ।
दलिततर्फ प्रदेशसभामा एक र स्थानीय तहतर्फ तीन मत बदर भए । महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ एक सय नौ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरेकी थिइन् । महिलातर्फ प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ दुई मत बदर भए ।










प्रतिक्रिया दिनुहोस्