19 June 2024  |   बिहिबार, असार ७, २०८१

उखुबारीमा गाडेको अवस्थामा शव भेटियो, नजिकै अर्को खाल्डो फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८  

मोरङ ।

मोरङमा उखुबारीमा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ ।

धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र एक पुरुषको शव फेला परेको हो । उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खाल्डो खन्दा गाडेको अवस्थामा पुरुषको शव फेला परेको जनाइएको छ । खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा फेला परेको पुरुषको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव सडेको अवस्थामा फेला परेको छ । खाल्डो शंकास्पद रहेको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले बुधवार खनेको थियो । खाल्डोमा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

५ फिट गहिरो खाल्डोमा शव भेटिएको छ । शव भेटिएको स्थाननजिकै अर्को खाल्डो पनि रहेको प्रहरीले बताएको छ । शंकास्पद रहेकाले अर्को खाल्डो पनि खन्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     12:47:26 PM  |