समीक्षा भन्छिन्, ‘बिस्तारै खुल्छ मकुन्डो’



काठमाडौं ।

तीन महिना अघि गायिका समीक्षा अधिकारी र अभिनेता तथा मोडल पल शाहलाई जोडेर विभिन्न टिका टिप्पणी भएका थिए। उनीहरूको सम्बन्धका बारेमा सञ्चार माध्यममा समाचार आएपछि दुवैले सामाजिक सञ्जाल मार्फत खण्डन त गरे तर वास्तविक कुरो अझै पनि बाहिर आएको छैन।

अक्टोबर २४ मा समीक्षाले पल आफ्नो लागि अभिभावक जस्तो रहेको र उनीहरूको सम्बन्धलाई लिएर भएका सबै टिका टिप्पणी अफवाह रहेको भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन्।

बिहीबार समीक्षाले उक्त स्टाटस अरु कसैको अनुनयमा लेखेको बताएकी छन्। आफ्नो समाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै पहिले आफूले लेखेको कुरामा कुनै सच्चाइ नरहेको र सत्य कुरा छिटै बाहिर आउने बताएकी हुन्।

त्यसअघि पनि उनले सोही घटनालाई संकेत गर्दै चार दिनअघि दुई वटा स्टाटस लेखेकी थिइन्।

एउटामा कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथी खेल्यो भने उसले नारी शक्तिको सामना गर्न नसक्ने र नारीले माया ममता मात्र नभएर महाकालीको रुप लिएर सर्वनाश पनि गर्न सक्ने बताएकी थिइन्।

त्यस्तै अर्को स्टाटसमा उनले मान्छेको देखिने र वास्तविक रुप फरक हुन सक्छ भन्ने भावमा एउटा शेर लेख्दै बिस्तारै मकुन्डो खुल्ने बताएकी थिइन्।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रबार