26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेकपा एमाले जुम्ला अध्यक्षमा महत चयन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २५, २०७८  

विजय रावत,जुम्ला : नेकपा एमाले जुम्लाको ८ औँ जिल्ला अधिवेशनबाट शान्तिलाल महत सर्वसम्मत जिल्ला अध्यक्षमा चयन भएका छन् । एमाले जुम्लाले जिल्ला नेतृत्व सर्वसम्मत चयन गरेको अनेरास्ववियु स्थायी कमिटी सदस्य धिरज जैसीले बताए । उनका अनुसार एमालेका नेता महतकोे नेतृत्वमा उपाध्यक्ष सुरत शाही, सचिवमा धनकृष्ण पाण्डे र दुई उपसचिवमा प्रेम बुढा र मान बहादुर रोकाया सर्वसम्मत चयन भएको जैसीले बताए ।

निर्वाचनबाट जिल्ला पदाधिकारी चयन गर्ने अवस्थामा पुगेको एमाले अन्तिम समयमा सबै पदाधिकारी सर्वसम्मतबाट चयन भएको एमाले जुम्ला जिल्ला ईन्चार्ज रतननाथ योगीले जानकारी दिए । ९० सदस्यीय जिल्ला कमिटी गठन हुने नेकपा एमाले जुम्लाले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, पुस २५, २०७८     6:51:04 PM  |