अपांगता भएका व्यक्तिलाई सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–६ का अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री सहयोग गरिएको छ । अपांग नवजीवन केन्द्रको आयोजनामा तथा वडा नम्बर–६ को सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो ।

उक्त सामग्री वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष रामशरण थारुले बिहीबार हस्तान्तरण गरेका थिए । अपांग नवजीवन केन्द्रका अनुसार वडा नम्बर–६ का पाँचजना अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरिएको छ ।

केन्द्रका अध्यक्ष जंगबहादुर डाँगीले जुनकला विष्ट, देउकुमारी थारु, हेमा बोहोरा, अहमान चौधरी र डिल्लीराम पोख्रेललाई ह्वील चियर, बैशाखी र एल ब्रो क्रच वितरण गरिएको जानकारी दिए । उनले वडा नम्बर–६ ले अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरेको प्रतिआभार व्यक्त गरेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार