नेपाल र भारतका उर्दू साहित्यकारको उपस्थितिमा नेपालगन्जमा मासिक गजल गोष्ठी सम्पन्न भएको छ । गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित मासिक गजल गोष्ठीमा नेपाल र भारतका उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
नेपालगन्जका निवासी वरिष्ठ उर्दू शायर स्व. फारुक अहमद आरफीले नेपालगन्जमा उर्दू साहित्यको जग बसालेका थिए । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य सर्वतआरा खानमले आरफीले बसालेको साहित्यको जगलाई अझै बलियो बनाएर अगाडि बढाइने बताइन् । उनले उर्दू साहित्यकारको लागि एउटा भवन हुन जरुरी रहेको बताउँदै सो भवन बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
संविधानसभा सदस्य खानम, गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतिफ शौक, सचिव मोहम्मद मुस्तफा अहसान कुरैशी, अन्सर नेपाली, मेराज अहमद (हिमाल), सभासद तथा उर्दू साहित्यकार अब्दुल हमिद सिद्दिकी (भोला), इल्लियास अन्सारी, सर्वर नेपाली, जमिल अहमद हाशमी, भारतका अन्जुमन शहकारे उर्दू, उत्तर प्रदेशका अध्यक्ष शरिक रब्बानी, नानपाराका रसिद, मोहम्मद युसुफ आरफी, युवा उर्दू साहित्यकार समिर अली बेहनालगायतले आफ्ना गजल वाचन गरेका थिए ।
अवधि सांस्कृतिक विकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौवको अध्यक्षतामा भएको गोष्ठी उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना अन्सर नेपालीले गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्