आँधीहुरी र वर्षापछि इजिप्टमा बिच्छीको आतंक, पाँच सयभन्दा धेरैलाई डस्यो, ३ जनाको मृत्यु



काठमाडौं ।

इजिप्टको दक्षिणी शहर असवानमा पछिल्लो दिन बिच्छीको आतंक फैलिएको छ।

हावाहुरी र त्यसपछिको भीषण वर्षापछि त्यहाँ बिच्छीको आतंक बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। बिच्छीको आक्रमणमा ५ सय भन्दा धेरै घाइते भएका छन् भने केहीको मृत्यु भएको जनाइएको छ।

आँधी र ठूलो वर्षापछिको बाढीका कारण बिच्छी जमिन मुनीबाट निक्लिएर सडक, घर, बजार र पर्यटकीय स्थलमा फैलिएको जनाइएको छ। इजिप्टको सरकारी पत्रिका अल-अहरामले सरकारी अधिकारीलाई उदृत गर्दै बिच्छीले टोक्दा तीन जनाको मृत्यु भएको जनाएको छ।

शुक्रबार असवान र आसपासको क्षेत्रमा तिव्र गतिको आँधी आएको थियो। यो क्षेत्र लाल सागर पर्वतमालाको नजिक रहेको छ। गर्वनर अशरफ अतियाका अनुसार ८० भन्दा धेरै मानिस अस्पतालमा भर्ना भएका छन्। अन्य उपचारपछि घर गएको उनले बताए।

वर्षापछि बिच्छी निस्कने र त्यसले मानिसलाई आक्रमण गर्ने स्वभाभिक भएको भएपनि यसपटक धेरैको संख्यामा बिच्छी आएको बताए।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार