15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

कोरोना लागेर अमेरिकामा ‘एभरेस्ट, मकालु र रान्नी’ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २९, २०७८  


एजेन्सी ।

अमेरिका, नेब्रास्काको चिडियाखानामा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ। यी तीन चितुवा त्यहाँ एकदमै लोकप्रिय रहेको द वासिङटन पोस्टले जनाएको छ।

द लिंकन चिल्ड्रेन्स जूमा रहेका ती हिँउ चितुवा राम्रा र रमाइला पनि थिए। चिडियाखानामा घुम्न आउनेका लागि यिनै चितुवा आकर्षणको केन्द्र विन्दु थिए।

यी तीन चितुवाको नाम पनि थियो- एभरेस्ट, मकालु र रान्नी। यिनलाई एक महिनाअघि कोरोना संक्रमण देखिएको थियो। गत शुक्रबार तीनै चितुवाको मृत्यु भएको चिडियाखानाले जानकारी दिएको हो।

‘यी चितुवाहरू प्रिय थिए। हाम्रा लागि पनि, हेर्न आउनेका लागि पनि,’ लिंकन चिडियाखानाको विज्ञप्तिमा भनिएको छ, ‘यो एकदमै दुखदायी कुरा हो। हामी सबै पीडामा छौं।’

यही चिडियाखानामा भएका अरू दुई बाघमा पनि कोरोना देखिएको थियो। तिनीहरू भने अहिले निको भइसकेका वासिङटन पोस्टले लेखेको छ।

प्रकाशित मितिः सोमवार, कार्तिक २९, २०७८     2:39:04 PM  |