25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

जब यी युवतीले सर्पलाई घाँटीमा बेरिन्, गरिन् चुम्बन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २१, २०७८  

सामाजिक सञ्जाल इन्स्ट्राग्राममा केही दिन अघि शेयर गरिएको एक भिडियो निकै रोचक छ । सो भिडियो हेर्ने जो कोही पनि भिडियो हेरेर अचम्मित हुनेछन् ।

रोयल पीथोन्स नामको इन्स्टाग्राम प्रयोगकर्ताले शेयर गरेको सो भिडियोमा एक युवती सर्पसँग खेलिरहेकी छन् ।

सो भिडियोमा देखिन्छ की युवतीले सर्पलाई आफैंसँग अंकमाल गराएकी छिन् । ती युवतीले त्यो सर्पलाई घाँटीमा बेरेकी छिन् भने घरीघरी चुम्बन गरिरहेकी देखिन्छिन् ।

उनले सो भिडियोको क्याप्सनमा ‘लभ माई स्नेक’ लेखेकी छन् । यो भिडियोमा अहिलेसम्म ९ हजारभन्दा धेरैले लाइक गरेका छन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक २१, २०७८     1:22:28 PM  |