सल्यान ।
सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी सात जनाको मृत्यु भएको बताउनु भयो ।
‘घटनास्थलमै पाँच जनाको मृत्यु भएको र उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको उहाँले बताउनु भयो ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।
अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कात्तिक २१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्