21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

खुला फुटबल प्रतियोगिता: बेलौरी र बाँसगढी विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

बर्दिया ।

बर्दियाको बाँसगढीमा जारी खुला फुटबल प्रतियोगितामा शनिबार भएका खेलमा बेलौरी र बाँसगढी युवा क्लव विजयी भएका छन् । लक्ष्मणा आमा चोक खेल मैदानमा भएको पहिलो खेलमा सटरिया युवा क्लवलाई बेलौरी युवा क्लवले २–१ हरायो ।

शनिबार नै भएको दोस्रो खेलमा बाँसगढी युवा क्लवले एफवाईसी क्लव मदन चोकलाई १–० गोलले पराजित गरेको थियो । दसैंको अवसरमा जीवन ज्योति युवा क्लवले आयोजनामा गरेको प्रतियोगितामा १२ वटा क्लवहरुले भाग लिएका छन् । यस्तै प्रतियोगिता अन्तरर्गत आज आईतबार ३ वटा खेल हुने भएका छन् ।

पहिलो खेल दमौली र हसनापुर बीच, दोस्रो खेल न्यू दर्पण र रेसिङ् साहारा युवा क्लव तथा तेस्रो खेल बसन्तपुर र तुलसीपुर युवा क्लवबीच हुने आयोजक जीवन ज्योति युवा क्लवका अध्यक्ष रविन जङ्ग शाहले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुने टिमले ५१ हजार रुपैयाँका साथै शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उत्ृकष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र प्लेयर अफ टुर्नामेन्टलाई समेत नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     11:20:57 AM  |