क्यान्सर एक घातक रोग हो र एक निश्चित उमेरपछि यसले मानिसहरुलाई आफ्नो शिकार बनाउने बताइन्छ ।
यद्यपि, बेलायतको प्लायमाउथमा १२ वर्षकी बालिकाको क्यान्सर निकै नै चकित पारिदिने किसिमको छ । सिनेड जेलिक नामकी बालिकालाई धेरैजसो पेट दुखिरहेको हुन्थ्यो ।
उपचारको क्रममा सिनिडले आफ्नो कपाल गुमाइन् । अहिले उनी विग लगाउँछिन् । हाल उनको किमोथेरेपी समाप्त भइसकेको छ । अब उनले आफ्नो मृगौलाको परीक्षण गर्नुपर्नेछ ।
अब सिनिड स्कूल जान थालिसकेकी छिन् । उनको स्वास्थ्यमा असर नहोस् भनेर उनको परिवारले सुरुमा आफूलाई आइसोलेशनमा राखे ।
उनकी आमा जोडीले प्लाइमाउथलाइभलाई भनिन्, ‘सिनिडको पाठेघरमा क्यान्सरका चारवटा गिर्खा छन् ।’
‘यसलाई निकाल्न सकिँदैन तर चिकित्सकले यो मरिसकेको ठानेका छन् तर नोभेम्बरमा गरिने स्क्यानबाट मात्रै यसबारे स्पष्ट हुन सकिन्छ ।’
उनी धेरैजसो थकित र बिरामी भइरहन्छिन् तर हप्ताको तीन दिन स्कूल जान्छिन् ।
तर दुर्भाग्यवश, विगका लागि उनले अरु मानिसबाट उनले अपमान नै पाइन् । ‘सुरुमा सिनिड स्कूल जान निकै आतुर हुन्थिन् तर सबैले विग लगाएको भन्दै जिस्काउने भएपछि उनी खासै स्कूल जान मान्दिन्,’ उनकी आमाले भनिन् ।
‘जब उनले स्कूलको युनिफर्म लगाउँछिन् तब मलाई असाध्यै गर्व लाग्छ, तर अभिभावक भएको नाताले छोरीलाई स्कूलमा जिस्काइन्छ भनेर थाहा पाउँदा मन कुँडिन्छ । तर मेरी छोरीले अब उप्रान्त कसैको पनि कुरा नसुन्ने बताएकी छिन्’ जोडीले भनिन् ।
सिनेडको परिवारले उनको उपचारका लागि आर्थिक संकलन गरिरहेका छन् ।