नेपालगञ्ज ।
बाँकेको राँझामा भएको नेपालगञ्ज विमानस्थलले गत आर्थिक वर्षमा नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा यो विमानस्थलले ५ करोड रुपैयाँ आम्दानी गरेको हो । ५ करोड आम्दानी गरेपनि २ करोड ४५ लाख मात्र नेपालगञ्ज विमानस्थलले खर्च गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्षमा समेत नेपालमा रहेका विमानस्थलमध्ये नाफा कमाउने न्यून विमानस्थलमा नेपालगञ्ज परेको हो । नेपालगञ्ज विमानस्थलले आर्थिक वर्ष २०७६÷०७७ मा ७ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो विमानस्थलबाट दैनिक काठमाडौं एक दर्जन उडानसहित पोखरा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा ५० बढी उडान हुने गर्दछन् । पश्चिम नेपालको व्यवस्त विमानस्थलको रुपमा नेपालगञ्ज विमानस्थललाई लिइन्छ । यसैबीच नेपालको सबैभन्दा धेरै आम्दानी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ ।
९० प्रतिशत आन्तरिक उडान यो विमानस्थलले गत आर्थिक वर्षमा २ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यो विमानस्थलको खर्च भने ७८ करोड ५१ हजार रुपैयाँ भएको थियो । कोरोनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी करिब साढे दुई अर्बमा खुम्चिन पुगेको बताइएको छ । कोरोना माहामारीअघि विमानस्थलको वार्षिक आम्दानी पाँच अर्ब रुपैयाँभन्दा माथि हुन्थ्यो ।
मोफसलका एयरपोर्टमा सबैभन्दा बढी आम्दानी गर्नेमा पर्छ विराटनगर विमानस्थल रहेको छ । यो विमानस्थलले आर्थिक वर्ष २०७७÷८८ मा ६ करोड ५२ लाख आम्दानी गरेको थियो । यो वर्ष पोखरा विमानस्थलले ४ करोड ५५ लाख ८९ हजार ८६३ रुपैयाँ आम्दानी गर्दा १ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । धनगढी विमानस्थलले आम्दानी २ करोड ७० लाख २२ हजार ७२ रुपैयाँ छ भने खर्च १ करोड ५३ हजार ६७९ रुपैयाँ छ ।
गौतमवुद्ध विमानस्थलको आम्दानी ५ करोड ३ लाख ६३ हजार ६०३ हुँदा खर्च ४ करोड ७१ लाख ८९ हजार ५७५ रुपैयाँ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ‘पहाड र हिमाली भेगमा भएका विमानस्थल बढी घाटामा छन्’ प्रवक्ता क्षेत्रीले भने, ‘दैनिक २०–३० वटा जहाजको उडान भएमा मात्र फाइदामा जान्छन् ।’
प्रतिक्रिया दिनुहोस्