नेपाल तेक्वान्दो संघको तेस्रो अधिवेशन, तेक्वान्दो संघ बाँकेको अध्यक्षमा लामिछाने चयन



कोहलपुर

नेपाल तेक्वान्दो संघ बाँकेको अध्यक्षमा प्रकाश लामिछाने चयन भएका छन् । संघको मंगलबार कोहलपुरमा सम्पन्न तेस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सरोज उप्रेती, सचिवमा जंगविर चौधरी र कोषाध्यक्षमा तिर्थ बहादुर शाही चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामरती थारु, निलिमा मल्ल, भक्त बहादुर बस्नेत, बल बहादुर वली र विर बहादुर परियार चयन भएका छन् ।

यस्तै अधिवेशनमा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले खेलकुदको माध्यमबाट युवाहरुले राष्ट्रलाई जति योग्दान गरेपनि राज्ले खेलकुद प्रति उपेक्षा गरेको बताए । ‘बाँके जिल्लामा तेक्वान्दोको विकासका निम्ती सबै क्षेत्र सकारात्मक भुमिका खुल्नुपर्ने देखिन्छ, ‘त्यसमा उवासंघ केन्द्रिय समिति तथा बाँकेमा रहेको उवासंघ प्रतिबद्ध छ’ उनले भने ।

यस्तै नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा बाँके तेक्वान्दो संघका संस्थापक अध्यक्ष श्रीमान थापा मगर, लुम्बिनी प्रदेश तेक्वान्दो संघका कोषाध्यक्ष दिर्घ बहादुर शाही र तेक्वान्दो संघ बाँकेका निवर्तमान अध्यक्ष मोहन वलीले तेक्वान्दो खेलको विकास र प्रवद्र्धनका लागि राज्यले विशेष कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका थिए । यसैगरी अधिवेशनमा विभिन्न प्रतियोगितामा भाग लिएर पदक जितेका खेलाडीहरुलाई सम्मान समेत गरीएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार