कोहलपुर, बाँकेको राप्तीसोनारीका एक युवाले ३५ लाख लागतमा स्पेशल कलेक्सन सञ्चालन गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा न ८ शम्शेरगजमा युवा कमल केसीले ३५ लाखतमा सुविधा सम्पन्न कलेक्सन सञ्चालन गरेका हुन् ।
शुक्रबार उक्त कलेक्सनको एक कार्यक्रमका बीच राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बोल्दै आर्थिक विकासको लागि युवा जनशक्ति व्यवसायमा लाग्नु सकारात्मक कुरा भएको बताए । उनका अनुसार नयाँ खालको सुविधा सम्पन्न व्यवसाय सञ्चालन हुनु शम्शेरगञ्ज क्षेत्रको नयाँ आयम समेत हो । उक्त अवसरमा बोल्दै सञ्चालक केसीले शम्शेरगञ्जमा नयाँ खालले व्यवसाय सुरु गरौ भन्ने उद्देश्यले कलेक्सन सञ्चालन गरेको जानकारी दिए ।
उनले पछिल्लो समयमा ग्राहकको मागलाई मध्यनजर गर्दै सुविधा युक्ति कलेक्सन सञ्चालन गरिएको पनि बताएका छन् । उक्त कलेक्सनमा कोहलपुर र नेपालगञ्ज कै मूल्यमा कपडा पाइने सञ्चालक केसीको भनाइ छ ।ब्रान्डेट लेडिज तथा जेन्स आइटम जुत्ता ,थानकपडा,रेडिमेड कपडा उपलब्ध हुने बताइएको छ ।
नयाँ पसल उद्घाटनसँगै केही हप्ता ग्राहकहरुका लागि पनि विशेष छुटको व्यवस्था रहेको सञ्चालक केसीले जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्