हुम्लाको सिमकोट विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । सुर्खेतबाट कार्गोको सामान लिएर सिमकोट विमानस्थलमा अवतरण गरेको सीता एयरको जहाजको टायर पन्चर भएको थियो ।
विमानस्थलमा अवतरण गरेपछि टायर पन्चर भएपनि अन्य कुनै क्षति नभएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए ।
उनका अनुसार विमान अवतरण गरेपछि पार्किङस्थलमा लैजाने क्रममा जहाजको पछाडिको टायर पन्चर भएको हो । जहाजको टायर पन्चर हुँदा कहिलेकाँही आगलागी हुने सम्भावना हुन्छ ।
विमानमा सवार चालक दलका सदस्य सकुशल रहेको पनि गिरीले बताए । सीता एयरको नाईन एन एएचडी डोनिएर विमानको टायर पन्चर हुनुको कारण खुलेको छैन । टायर पन्चर भएको विमानलाई धकेलेर पार्किङस्थलमा पुर्याइएको छ ।
प्रकाशित मिति : २०७८ साउन २७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्