देशभर थपिए ४,९०४ संक्रमित



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा धेरै दिनपछि मंगलवार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार १२३ जनाको परीक्षणमा थप ४ हजार ९सय ४ जनामा संक्रमण पुष्टि भएको थियो । १३ हजार २१७ नमूना पीसीआर परीक्षण गर्दा ३ हजार १९४ जनामा तथा एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १ हजार ७१० मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित ७ लाख २० हजार ६८० पुगेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर कुल ५ हजार कोरोना संक्रमित थपिदाँ २ हजार ११५ जना कोरोना जितेर घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलवार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण उपचारकै क्रममा थप ३५ जनाको मृत्यु भएको थियो ।

हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १० हजार १५० जना पुगिसकेको छ । मंगलवारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना रहेको थिए । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका थिए भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

२१ देखि ४० वर्षका धेरै

मंगलवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु रहेका छन् । १ हजार ५१० जना संक्रमित व्यक्ति २१ देखि ४० वर्ष उमेर समुहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । तथ्यांकअनुसार सबै उमेर समुहका व्यक्तिमा संक्रमण पुष्टि हुने क्रम बढेको देखिएको छ । मंगलवार तथ्यांक अनुसार २१ देखि २० वर्ष उमेर समुहका ७८२ जना र ३१ देखि ४० वर्ष उमेर समुहका ७२८ जना व्यक्ति संक्रमित भएका थिए ।

त्यसैगरी, १० वर्षमुनिका १०३ जना, ११ देखि २० वर्षसम्मका २४१, ४१ देखि ५० वर्षसम्मका ५१७, ५१देखि ६० वर्ष उमेरका ४१०, ६१ देखि ७० वर्षसम्मका २२८, ७० देखि ८० वर्षसम्मका ५० र उमेर नखुलेका २० जना व्यक्तिहरु संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै सबैभन्दा धेरै काठमाडौंमा ७९५, झापामा २९७, कास्कीमा २९४, ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा १७९, मोरङमा १६४, भक्तपुरमा १५२, सुनसरीमा १३९, काभ्रेपलाञ्चोकमा १३८, र नवलपरासी पूर्वमा १०० जनामा कोरोना संक्रमण देखिएको थियो । बागलुङमा ७१, नुवाकोटमा ५७, रुपन्देहीमा ५३, दोलखामा ४८, गोरखामा ४१, मकवानपुर र सुर्खेतमा ३५÷३५ जना, स्याङजामा २८, कैलालीमा २४, कञ्चनपुरमा २१, तनहुँमा २०, सिन्धुपाल्चोकमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २७ गते बुधबार