देशभर थपिए ३,६५१ संक्रमित, थप २२ जना कोरोना संक्रमितको देशभर मृत्यु



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख १७ हजार ४८६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर उपचारकै क्रममा थप २२ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणका कारण देशभर १० हजार ११५ जनाको मृत्यु भइसकेको छ । सोमबार देशभर थप १ हजार ७८४ जना कोरोना जितेर घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ६ लाख ७१ हजार ८३ जना पुगिसकेको छ । सोमबारसम्म नेपालमा सक्रिय संक्रमित संख्या ३६ हजार २८८ जना रहेको थियो । जसमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसन र ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

सक्रिय संक्रमितमध्ये ७४१ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए । यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठामाडौंमा ६२४, चितवनमा २६३, कास्कीमा २१०, भक्तपुरमा १७०, ललितपुर १६५, मोरङमा १३१, बागलुङमा १२८ र सुनसरीमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै नुवाकोटमा ९२, मकवानपुरमा ८६, नवलपरासी पूर्वमा ५८, झापामा ५४, धादिङ र रुपन्देहीमा ४४÷४४ जना, दोलखामा ३४, पर्वतमा ३० जनामा कोरोना संक्रमण देखिएको हो । पाल्पामा २३, धनकुटामा २१, कपिलवस्तुमा १८, तनहुँमा १६, सिन्धुपाल्चोकमा १५, सिरहा र बर्दियामा १४÷१४ जना, सिन्धुलीमा १३, धनुषा, गोरखा र अर्घाखाँचीमा १२÷१२ जना तथा महोत्तरीमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । देशभर ४४१ जना क्वारेन्टाइनमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार