व्यवहारिकता हेर्दै नगरपालिका, कानुन पढ्दै वन



शिवु खनाल, दाङ, २२ साउन

दाङको देउखुरी उद्योग बाणिज्य संघ लमहीले लमही बजार क्षेत्रमा रहेको अटो ग्यारेजलाई व्यवस्थित गर्नको लागि लमही नगरपालिकासंग आग्रह ग¥यो । उद्योग बाणिज्य संघको आग्रह अनुसार लमही नगरपालिकाले लमहीकै वडा नम्बर ६ र ७ मा रहेको कर्री सामुदायिक वनमा अटो भिलेज स्थापना गरी त्यसको व्यवस्थापन गर्ने चिचोडका साथ कामको शुरुवात भयो । पूर्वपश्चिम राजमार्गको छेउमा ग्यारेज राखेर गाडी मर्मत गर्दा बढी भिडभाड हुने र दुर्घटना हुने डरले प्रमुख जिल्ला अधिकारीले राजमार्ग छेउछाउमा रहेका ग्यारेज अविलम्ब हटाउन र नाला भन्दा बाहिर सामान नराख्न निर्देशन समेत दिए । यो सँगै उद्योग वाणिज्य संघ लमहीले अटोभिलेज स्थापनाको लागि पहल थाल्यो । पहल थालेको शुरुवातमै बाधक बन्यो बन । लमही नगरपालिकाले कर्री सामुदायिक वन क्षेत्रको जंगलमा अटो भिलेज निर्माणको लाग सडक समेत बनाएर कामको थालनी गरेको थियो ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बजार क्षेत्रलाई खुला राखेर ग्यारेज व्यवस्थापन गर्न खोज्दा आफुहरुको योजनाले सार्थकता नपाएको बताए । ‘हामीले स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीकै सक्रियतामा कर्री सामुदायिक वनमा अटो भिलेज स्थापना गर्न खोजेका हौ, वन डिभिजन कार्यालयबाट अहिले काम रोक्न आग्रह सहितको पत्र आएपछि समस्या भयो’, उनले भने ।
देउखुरी उद्योग बाणिज्य संघ लमही र लमही नगरपालिका बजार क्षेत्रलाई व्यवस्थापन गर्न पहल थाल्दा वन कार्यालय बाट अपेक्षित सहयोग नपाएको गुनासो गर्छन् । लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले लमही क्षेत्रको विकासमा वन डिभिजनले रोकेको भन्दै गुनासो गरे । ‘ हरेक काममा वनबाट अवरोध हुन थालेका छ, अटो ग्यारेजको लागि छानिएको ठाउँमा एउटा रुखपनि काट्दैनन वातावरणीय सरसफाइमा पनि उत्तिकै ध्यान दिएर गर्ने भनेपनि देउखुरी वन डिभिजिनका प्रमुखबाट सहयोग भएन ।’,उनले भने ।

नगर प्रमुख केसीले वन कार्यालयले विधि अनुसार जान खोज्दा समेत व्यवहारिकता नरहेको र कानुनका पाना मात्र पल्टाउन खोजेको भन्दै चिन्ता व्यक्त गरे । उनी भन्छन्,‘ सुनखोली क्षेत्र सबै वन हो, ठाउँ ठाउँमा वन क्षेत्र अतिक्रमण गरी बसेको क्षेत्र नहटाउने तर विकाससंग सम्बन्धित काम गर्न नदिने वनको गतिविधिले लमहीलाई पछाडी पार्ने भयो । ग्यारेज व्यसायीहरुले पनि आफूहरुको कारण बजार क्षेत्रमा भिडभाड बढेको स्वीकार्दै आफूहरुको व्यवसाय उचित व्यवस्थापन आवश्यक रहेको स्विकार्छन । ’

नेपाल अटो मेकानिक ट्रेड यूनियन लमहीका अध्यक्ष केशव चौधरीले कानुन अनुसार ग्यारेज पसललाई व्यवस्थापन गर्न आवश्यक रहेको
बताए । वन कार्यालयले भने वन ऐनले तोकेको दायरा भन्दा वाहिर गएर अन्य काम गर्न नसकिने बताउँछ । देउखुरी वन डिभिजन कार्यालय लमहीका डिभिजन प्रमुख बेसिन्द्र राज सुवेदीले वन क्षेत्रको जग्गामा अन्य विकाससंग सम्बन्धित गतिविधि गर्ने छुट कानुन नदिएकाले वन क्षेत्रमा अन्य गतिविधि गर्न नपाइने बताए । वन क्षेत्रमा ग्यारेज स्थापना खोज्नु अपराध भएको भन्दै जनप्रतिनिधिलाई कानुन शशोधन गर्न
चुनौती दिनुभयो ।

वन क्षेत्रमा सबै गतिविधि गर्न पाउनु प¥यो भनेर कानुन शंशोधन गर्नुप¥यो नी,यसरी वनमा लगेर व्यपार गर्न पाइन्छ ? डिभिजन प्रमुख सुवेदीले भने । स्थानीय सरकारले विकास विरोधी कुरा भयो भन्छ नी भन्ने प्रश्नको जवाफमा डिभिजन प्रमुख सुवेदीले वनको जग्गालाई प्रयोग गर्न कानुन सच्चाउने वाहेकको विकल्प नरहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २३ गते शनिबार