कहिले खुल्ला नयाँ सवारी लाइसेन्स आवदेन?



काठमाडौं ।

तत्काल सवारी लाइसेन्सको नयाँ आवदेन नखुल्ने भएको छ। यातायात व्यवस्था विभागले सिसिएमसीको आधिकारिक निर्णय र घोषणाको पर्खाइमा रहेको बताएको छ।

स्कुल/कलेज खोल्ने अनुमतिसँगै ट्रायल सेन्टर सञ्चालनलाई अनुमति दिन सक्ने सम्भावना रहेको विभागका प्रवक्ता डा. लोकनाथ भुसाल बताउँछन्। योसँगै नयाँ लाइसेन्सको लागि आवदेन खुलाइनेछ।

गत वैशाख १६ गतेदेखि अनलाइन आवदेन बन्द गरिएको थियो।

‘अहिले अनलाइन फारम पनि बन्द छ। भौतिक रूपमा ट्रायल सेन्टरहरू सञ्चालन गर्ने अनुमतिसँगै नयाँ लाइसेन्सको लागि परीक्षा र ट्रायल लिन सुरू हुनेछ’, प्रवक्ता भुसालले भने ‘पछिल्लो लकडाउनअघि लाइसेन्सको लागि आवदेन दिएका झन्डै ६ लाखको परीक्षा र ट्रायल लिन बाकीँ नै छ।’

त्यस्तै लाइसेन्स प्रिन्ट गर्न आवश्यक कार्डको अभावका कारण प्रिन्टिङमा पनि ढिलाइ भइरहेको छ। स्मार्ट लाइसेन्स प्रिन्ट गर्न चाहिने कार्ड फ्रान्सबाट आउनुपर्ने तर यसको लागि थप डेढ महिना लाग्न सक्ने प्रवक्ता भुसालले जानकारी दिए। झन्डै ६ लाखलाई स्मार्ट लाइसेन्स वितरण गर्न बाकीँ छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार