20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

यस्तो छ तपाईंको राशिफल, तुरुन्त हेरि हाल्नुस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २८, २०७८  

Pashupatinath Temple, Kathmandu - Tripadvisorअसार २८ गते सोमबार
मेष
कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । व्यापार तथा उद्योग तर्फ सामान्य फाइदाको योग छ ।

बृष
व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । नयाँ कामका स्रोत फेला पर्लान । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

मिथुन
स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धन नाश हुने योग छ । अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

कर्कट
अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । उत्साहवर्द्धक समय छ, आम्दानी बढ्छ ।

सिंह
नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

कन्या
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

तुला
व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ । समय त्यति राम्रो छैन, सहि निर्णय गर्न सकिदैन ।

बृश्चि
प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिने छैन । खर्च बढ्ने, लेन देनमा विबाद बढ्नेछ, संयम भएर काम गर्नुहोला । चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् ।

धनु
बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आज तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ ।

मकर
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । साथै पारिवारिक सुख मिल्ने दिन छ ।

कुम्भ
वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिश्रमले काममा रुचि बढ्ने छ । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।

मीन
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।

प्रकाशित मितिः सोमवार, असार २८, २०७८     6:47:15 AM  |