बाँकेको नेपालगञ्जबाट अटोमेटिक पेस्तोलसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले एक थान अटोमेटिक पेस्तोलसहित नेपालगञ्ज उप–महानगरपालिका, २१ पुरैनाका ३१ वर्षीय अजिज अहमद शेषलाई पक्राउ गरेको हो ।
पुरैनाबाट साइकल चढेर राँझा जाँदै गर्दा बाटोमा नै पेस्तोलसहित शेष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
‘विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले कम्मरमा भिरेको पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको हो’ उनले भने, ‘पेस्तोलसहित पक्राउ परेका शेष यसभन्दा पहिला समेत विभिन्न मुद्दामा पक्राउ परेको देखिएको छ’ उनले भने, ‘यो मान्छेको विगत हेर्दा अन्य घटनामा समेत संग्लनता भएको देखिन्छ ।’
एटलस साईकलमा राँझा जाँदै गर्दा शेष कम्मरको बायाँ साईटमा अटोमेटिक पेस्तोल राखेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका शेषबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्