29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

सात थपिदाँ, नौं डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २३, २०७८  

कोहलपुर ।

पछिल्लो २४ घण्टा मंगलवार थप ९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । ५ महिला र ४ पुरुष गरेर थप ९ जना कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै जिल्लामा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार १ सय २० पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार २ सय ९६ महिला र ९ हजार ८ सय २४ पुरुष रहेका छन् । मंगलवारसम्म बाँकेका सक्रिय संक्रमितको संख्या जिल्ला भित्र र बाहिरी जिल्लाका गरेर १ सय १० रहेको थियो । तीमध्ये २७ महिला र ३८ पुरुष गरेर बाँके भित्रका ६५ जना सक्रिय संक्रमित रहेका थिए ।

बाहिरी जिल्लाका ३६ सक्रिय संक्रमित बाँकेमा उपचाररत रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ४३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । तीमध्ये १८ महिला र २५ पुरुष रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या ११ महिला र १५ पुरुष गरेर २६ रहेको छ ।

९ जना संक्रमित कोरोना जितेर घर फर्किदा मंगलवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप २ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र ३ पुरुष गरेर ५ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा २ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

बागेश्वरीको ल्यावमा ४२ नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेका कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ८७ पुगेको छ । तीमध्ये ७ हजार ४ सय ५० महिला र १० हजार ३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा कुनै कोरोना संक्रमितको मृत्यु नभएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

अहिलेसम्म कोरोना संक्रमणका कारण जिल्ला भित्रका १ सय ३० महिला र १ सय ८१ पुरुष गरेर ३ सय ११ जनाको मृत्यु भइसकेको छ । बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट रिफर आएका १ सय १३ महिला र २ सय ५१ पुरुष गरेर ३ सय ६४ जनाको उपचारकै क्रममा मृत्यु भइसकेको छ । जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर अहिलेसम्म ६ सय ७५ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । तीमध्ये २ सय ४३ महिला र ४ सय ३२ पुरुष रहेका छन् ।

प्रकाशित मितिः बुधबार, असार २३, २०७८     7:42:53 AM  |