विद्युत् अनियमित हुन थालेपछि बर्दिया बाँसगढीका स्थानीयबासी आन्दोलित भएका छन् ।
बाँसगढीबासी जम्मा भएर मंगलवार बाँसगढीमा रहेको विद्युत् प्राधिकरणको युनिट कार्यालय घेराउ गर्नुका साथै तालाबन्दी समेत गरेका थिए । अघोषित लोडसेडिङ बढ्दै जान थालेको भन्दै स्थानीयहरुले कार्यालय घेराउ गरेका हुन् ।
कार्यालयले अबदेखि विद्युत् आपूर्ती नियमित बनाउने प्रतिबद्धता जनाएपछि कार्यालयमा गरेको तालाबन्दी स्थानीयहरु खोलिदिएका छन् ।
अघोषित लोडसेडिङ सुरु भएसँगै बाँके बर्दियाका उद्योगी व्यवसायीदेखि स्थानीयसम्मले सास्ती पाइरहेका छन् ।


प्रकाशित मिति : २०७८ असार २२ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्