29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

जिल्ला प्रहरी कार्यालय बाँकेमा अमर प्रहरी स्मारकको उदघाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ६, २०७८  

जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको उदघाटन गरिएको छ । आइतवार एक कार्यक्रमकाबीच प्रहरी स्मारकको उदघाटन गरिएको बाँकेका एसपी ओम बहादुर रानाले बताए ।

 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र गिरी लगायत स्मारक निर्माण समितिका पदाधिकारी तथा स्मारक निर्माणमा सहयोग पुर्याएका र पुर्व प्रहरी, अशक्त प्रहरीहरुको समेत उपस्थित रहेको थियो ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले स्मारक निर्माण समितिलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक हुने कुरा समेत ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक रानाले स्मारक निर्माणमा प्रतक्ष तथा अप्रत्क्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद दिँदै सहयोग पुर्याउने महानुभावहरुलाई खादा ओढाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।

अम्मर प्रहरी, पूर्वप्रहरी र प्रहरीको संयुक्त पहलमा निर्माण समिति गरी श्रमदान र दाताहरुको सहयोगमा स्मारक बनेको हो ।

 

प्रकाशित मितिः आइतवार, असार ६, २०७८     6:35:06 PM  |