19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

८१ दिनपछि भारतमा ६० हजार भन्दा कम संक्रमित फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ६, २०७८  

काठमाडाैँ ।

भारतमा पछिल्लाे २४ घण्टामा ६० हजार भन्दा कम नयाँ संक्रमित फेला परेका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ५८ हजार ४ सय १९ नयाँ संक्रमित फेला परेका हुन्। याे बितेका ८१ दिन यताकै सबैभन्दा कम संख्या रहेकाे मन्त्रालयले जनाएकाे छ।

नयाँ संक्रमित भेटिने क्रम घटेसँगै मृत्युदरमा पन कमि आएकाे देखिएकाे छ। बितेकाे २४ घण्टाकाे अवधिमा १५७६ जना संक्रमितकाे मृत्यु भएकाे छ।

याे अवधिमा ८७ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या २ कराेड ९८ लाख ८१ हजार ९६५ पुगेकाे छ। ती मध्ये २ कराेड ८७ लाख ६६ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ३ लाख ८६ हजार ७१३ जनाले ज्यान गुमाएकाे सरकारी तथ्यांक छ।

अहिले भारतमा ७ लाख २९ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।

भारतले आफ्ना २७ कराेड ६६ लाख ९३ हजार भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।

प्रकाशित मितिः आइतवार, असार ६, २०७८     1:11:34 PM  |