19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

गर्भवतीलाई पौष्टिक आहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ५, २०७८  

बर्दिया ।

गर्भवती महिलाहरुका लागी बारबर्दिया नगरपालिकाले स्वास्थ्य सामाग्रीसहित पौष्टिक आहार वितरण गरेको छ । नगरपालिकामा रहेका ११ वटै वडाका करिब ५ सय ३ जना गर्भवती महिलारुलाई स्वास्थ्य सामाग्रीसहित पौष्टिक आहार वितरण गरिएको हो ।

पौष्टिक आहार उपहार अन्तर्गत अण्डा, हर्लिक्स, घीऊ तथा स्वास्थ्य सामाग्रीमा झुल, सेनिटाइजर, मास्क लगायतका सामाग्री प्रदान गरिएको थियो । एक जना बराबर १ हजार ७ सय रुपैयाँ बराबरको जम्मा ५ सय ३ जनालाई ८ लाख ५५ हजार रुपैयाँ भन्दा बढिको उपहार प्रदान गरिएको नगर उप–प्रमुख अञ्जु दहितले बताइन् ।

‘महिलाका समस्या महिलाले मात्रै बुझ्ने भएकाले गर्भ रहँदा अपनाउनु पर्ने सुरक्षा तथा खानपिनको विषयमा जानकार भएकै कारण आफूले हजार दिनको आमासँग उपमेयर भन्ने कार्यक्रम राखेर गर्भवती महिलाहरुसँग भेटघाट गर्दै उपहार प्रदान रहेकी हुँ’ उनले भनिन् ।

प्रत्येक वडामा पुगेर प्रदान गरिएको सो उपहार कार्यमा प्रवक्ता दुर्गाबहादुर विश्वकर्मा (अविरल), महिला तथा बालबालिका शाखा महिला विकास निरीक्षक उषा पुन, स्वास्थ्य शाखाका गोविन्द पौडेल लगायतकाले गर्भवती गर्भवती महिलाले अपनाउनु पर्ने सुरक्षा तथा स्वास्थ्य सम्बन्धि मापदण्डका बारेमा जानकारी गराउँने गर्दछन् ।

प्रकाशित मितिः शनिबार, असार ५, २०७८     8:13:42 AM  |