गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३१



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिएका छन् ।

प्रदेशसभा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिए । त्यस्तै विपक्षमा २७ मत परेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रबार