8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

गोमन सर्पको टोकाइबाट बालिकाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८  

लमही ।

देउखुरीमा सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।

सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिहान साढे ७ः०० बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताइन् ।

प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८     2:25:28 PM  |