8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

नेपालगञ्ज निवासी पहिलो दलित सांसद कृष्णसिंह परियारको निधन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८  

नेपालगञ्ज ।

पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिए ।

उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो । उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए । परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् ।

प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८     1:31:53 PM  |