18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

प्रेमीकाको बलात्कारपछि हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

दमक ।

दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको करणी पछि ज्यान लिएको भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ ।

अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको करणीपछि ज्या न लिएको दाबी गर्दै जाहेरी दिएको थियो ।

“प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले करणीपछि ज्यान लिएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भन्नुभयो, “प्रहरीले थप प्रमाण जुटाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नेपर्ने हाम्रो माग छ ।”

“बिहीबार दिउँसो नै छोरीको हत्या भएको रहेछ” बुबा कोइरालाले भने, “घटना पश्चात कोठामा चाबी लगाएर बाहिर निस्केको र फेरी कोठामा गएर आफैँले हस्पिटल लगेको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।” सेजल दमक नगरपालिका–५ स्थित डेरामा बसेको घरको बाथरुममा बो होस अवस्थामा फेला परेकी थिइन् ।

सेजललाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । सेजलको मृत्युबारे प्रहरीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । घटना रहस्यमय भएकाले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । घटनाको कारण भने अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताउनुभयो।

आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु¥याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     1:37:44 PM  |