9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

पक्की नाली नुहँदा बस्ती जोखिममा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

डिल्ली शाही, कोहलपुर ।

कोहलपुर नगरपालिकाका ११ वडामा रहेको एकता नगरको बस्ती उच्च जोखिममा रहेको छ । डुडुवा खोलामा वर्षनी आउने बाढिका कारणले एकता नगरका बासिन्दाहरु उच्च जोखिममा परेका हुन् । नेपालमा मनसुन सुरु भएको केही दिनमा नै एकता नगरका बस्ती जोखिममा परेको हो । कोहलपुर नगरपालिका ११ का विर बहादुर रोकाय । उनी कोहलपुरमा २०६७ सालदेखि बस्दै आएका छन् ।

उनका अनुसार २०७२ सालमा आएको बाढिका कारणले घरमा क्षेती पुगेको बताए । केही दिनमा नेपालमा मनसुन सुरु हुन्छ भन्ने सूचना पाएपछि कोठा भाडामा बस्दै आएको बताए । ‘महिनाको चार हजारका दरले कोठाको भाडा तिरेर बसेको छु, आफ्नो घर कतिबेला खोलाले बगाउने हो थाहा नै छैन’ उनले भने, ‘मंगलबार राती आएको पानीको बहाव र बाढिका कारणले घरको केही भाग भासिएको छ ।’

यि त प्रतिनिधिमुलक पात्र मात्र हुन् । कोहलपुर नगरपालिकाका १५ वटै वडाका बासिन्दाहरुले डुवान, खेतीयोग्य जनिम कटान, घरहरु बगाउने जस्ता जोखिम भोग्दै आएका छन् । यस्तै एकता नगरकी स्थानीय बासी सविता गिरीले पक्की नाली नबन्दा बस्ती जोखिममा परेको गुनासो गरेकी थिइन् ।

‘बागेश्वरी बहुमुखी क्याम्पस, सिमलको विरुवा हुँदै डुडुवा खोलासम्म पक्की नालि बनाएपछि बस्ती जोखिम न्यूनिकरण हुनेछ अन्यथा कुन बेलामा बस्ती बगाउने हो थाहा’ छैन उनले भनीन्, ‘स्थानीय सरकारसंग हामीले पक्की नालि बनाउने भनेका थियौ तर अहिलेसम्म पनि कुनै सुनुवाई नै भएन, प्रत्येक वर्षमा खेतीयोग्य जनिम कटान हुन्छ, उनले भनीन् ।

यस्तै स्थानीय रामु लम्सालले १५ विगाह खेती योग्य जमिन कटानको उच्च जोखिममा रहेको बताए । उनका अनुसार डुडुवा खोलाले बर्षिनी खेतीयोग्य जमिन कटान भयो भने के खाने ? मंगलबार राती आएको खोलाले पक्की नालि नभएकै कारणले ११ र १३ नम्बर वडा जोडने बाटो बगाएको र ‘स्थानीय सरकारलाई विभिन्न मितिमा ध्यानकर्षण समेत गराएका छौ तर सुनुवाई नै हुँदैन, यहाँ ५० घरभन्दा बढिको बस्ती रहेको लम्सालको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण थापाले वडाको बजेटबाट नालीहरु बनाउने प्रायाप्त बजेट नहुने गुनासो गरे ।
उनका अनुसार नगरपालिकाले आफुखुसी कताबाट कुन मार्फत योजना बनाउँछ थाहा छैन, ढुढुवा खोलासम्म पक्की नाली बनाउन अब डेढ किलोमिटर मात्र रहेको उनको भनाई थियो । ‘यो वर्षपनि कोहलपुर नगरपालिकाले ५ लाख रुपैया तटबन्ध बनाउने भनी बजेट छुट्याएको रहेछ तर वडालाई जानकारी भएन । पाँच लाखको काम भएर पनि भत्कीएपछि मात्र जानकारी भयो’ उनले भने ।

यस्तै स्थानीय दिलिप सोनीका अनुसार एकता नगर बस्तीको जोखिम न्यूनिकरण गर्नका लागि भू तथा जलाधार संरक्षण विभागबाट समेत १० लाख रुपैया आएको बताए । कोहलपुर नगरपालिकाको ५ लाख र भू तथा जलाधार संरक्षण विभागबाट १० लाख गरी १५ लाखको एकता नगरको जोखिम न्यूनिकरण गर्नका लागि बनाइएको तटबन्धको अहिलको कटान गरेको क्षेत्रसंग कुनै सम्बन्ध छैन, कस्को जग्गाको लागि तटबन्ध बनाएको थाहा छैन उनले प्रश्न गरे ?

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     8:55:54 AM  |